Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालेनको पहिलो बैठकमै यस्तो प्रश्न– ‘शपथ खाँदा गोपनीयता, बैठक ओपनीयता ?’

बालेनको पहिलो बैठकमै यस्तो प्रश्न– ‘शपथ खाँदा गोपनीयता, बैठक ओपनीयता ?’

  • सोमवार, जेठ १६ २०७९

  • 1.3K
    SHARES

  • बालेनको पहिलो बैठकमै यस्तो प्रश्न– ‘शपथ खाँदा गोपनीयता, बैठक ओपनीयता ?’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भौतिक पूर्वााधर एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव नगर कार्यपालिकामा राख्नुभएको छ ।

    सोमबार बसेको पहिलो बैठकमा साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ वटा भौतिक पूर्वााधर एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राख्नुभएको हो ।

    उहाँले रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रस्ताव पनि अघि सार्नुभएको छ । यसका लागि केही चेन रेष्टुरेन्टहरुसँग कुराकानी समेत भएको मेयर साहले सुनाउनुभयो ।

    नागरिकको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याउने समते उहाँले बताउनुभयो । मेयर साहले काठमाडौंको फोहोर व्यवस्थापनलाई एजेण्डा बनाउनुभएको छ ।

    नगर कार्यपालिकाको बैठक चल्दै गर्दा केही वडाध्यक्षले शपथ खाँदा गोपनियता बैठक ओपनियता भन्दै गुनासो गरेका थिए । यद्यपि यो विषयलाई बालेनले सामान्य रुपमा लिएका थिए ।


    सोमवार, जेठ १६ २०७९०५:२९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij