काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया आरम्भ भएको बताउनुएको छ । उहाँले प्रदेशको नामकरणमा सहमति खोज्न दलहरुसँग छलफल सुरु गरिएको पनि जानकारी दिनुभयो ।
प्रदेशसभाको सोमबार भएको बजेट बैठकमा मुख्यमन्त्री राईले अहिले पनि एमाले प्रदेशको नामकरण गर्ने पक्षमा नरहेको बताउनुभयो ।
उहाँले एमालेलाई नामकरणको नेतृत्व गर्न आग्रह गर्नुभयो । एमालेसँग बहुमत सांसद रहेकाले यसको नेतृत्व गर्नुपर्ने उहाँको भनाइ छ । ‘नामकरण सकेसम्म सहमतिमा नभए प्रक्रियाबाट भए पनि यसलाई चाँडै टुंग्याउनुपर्छ’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘नामका कारण बदनाम भएकाले अब नाम जसरी भए पनि बजेट अधिवेशनबाट टुंग्याउनपर्छ ।’
उहाँले प्रदेशको विकास बजेट ९० प्रतिशत पुर्याउने दाबी गर्नुभएको छ । अघिल्लो सरकारले अनुशासनहीन भएर बजेट ल्याएकाले अहिले प्रदेश सरकार आर्थिक सकटोन्मुख रहेको बताउँदै मुख्यमन्त्री राईले बहुवर्षीय आयोजनाको दायित्व २७ करोड बढी रहेकाले ती योजनाको समयमै भुक्तान दिन नसकिएको जानकारी दिनुभयो ।