काठमाडौं । सरकारले ३ सय स्थानीय तहका ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार(आज) दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै पेस गरेको आव २०७९/८० को बजेटमार्फत उक्त घोषणा गर्नुभएको हो ।
सुकुम्वासी तथा अव्यवस्थित बोसवासीको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोगमार्फत प्राथमिकताका साथ अगाडि बढाइने अर्थमन्त्री शर्माले बताउनुभयो ।