Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यस्तो छ राष्ट्रकवि घिमिरेको कृति यात्रा

यस्तो छ राष्ट्रकवि घिमिरेको कृति यात्रा

  • मंगलवार, भाद्र २ २०७७

  • 2.2K
    SHARES

  • यस्तो छ राष्ट्रकवि घिमिरेको कृति यात्रा

    स्वः राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ पुस्तुन गाउँमा भएको थियो । उहाँ स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुनुहुन्थ्यो । उहाँले बाल्यावस्थादेखि नै निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख–प्रबन्धजस्ता अनेकौं विधा र उपविधामा निरन्तर कलम चलाउँदै आउनुभएको थियो ।

    घिमिरेले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाउनुभएको थियो । उहाँका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. ०१०), नयाँ नेपाल (वि.सं. ०१३), किन्नर–किन्नरी (वि.सं. ०३३) जस्ता कविता संग्रह सङ्कलित छन् ।

    घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गर्नुभएको थियो ।

    चर्चित राष्ट्रिय गीत ’गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेका अन्य चर्चित गीतहरूमा ’फूलको थुङ्गा बगेर गयो’ (तारादेवी) तथा ’आजै र राति के देखेँ सपना’ (नारायण गोपाल)ले गाएका छन् । उहाँ वि.सं. ०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहनुभएको थियो ।

    उहाँको काविक यात्राको पहिलो कृति नव मञ्जरी वि.सं. १९९४ सालमा प्रकाशित भएपछिको यात्रा निरन्तर रह्यो । ‘गौरी’ राष्ट्रकवि घिमिरेद्वारा लेखिएको शोककाव्य हो । साझा प्रकाशनले वि.सं. ०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशीर्षकमा लेखिएका कविता संग्रहित छन् ।

    यससँगै घिमिरेका नव मञ्जरी, मालती मङ्गले (गीतिनाटक) हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीति संग्रह), चारु चर्चा (निबन्ध) तथा आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध)लगायत कृति चर्चित छन् ।

    १०१ वर्षीय घिमिरेको आज साँझ काठमाडौंमा निधन भएको छ ।


    मंगलवार, भाद्र २ २०७७०७:२९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij