काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयर सम्पर्कविहीन भएपछि आफन्तको रुवाबासी चलेको छ । आज बिहान पोखराबाट मुस्ताङको लागि उडेको केही समयमै सम्पर्कविहीन भएको थियो ।
विमान मुस्ताङको लेते आसपासमा दुर्घटना भएको पुष्टि भए पनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।
खराब मौसमका कारण हवाई खोजी सम्भव नभएपछि विमान चालकलाई फोन लागेकोले त्यसैलाई लोकेट गरेर खोजी अघि बढाइएको छ ।