Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुग्यो

नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुग्यो

  • आइतवार, जेठ १५ २०७९

  • 1.0K
    SHARES

  • नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुग्यो

    काठमाडौं । नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ। यस आधारमा हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३ सय १० रुपैयाँ पुगेको छ।

    अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गर्नुभएको आर्थिक सर्वेक्षण २०७८–७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ। यसलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जनामा भाग गर्दा प्रतिव्यक्ति ऋणको भार ६३ हजार ३ सय १० रुपैयाँ पर्न जान्छ।

    अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड र बाह्य ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ रहेको छ।

    यसै वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो। सरकारले यस वर्ष फागुन मसान्तसम्म ८९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ।

    फागुनसम्म अनुदान र ऋण गरी बाह्य सहायता ४७ अर्ब ९४ करोड रुपैयाँ उपयोग गर्न सकेको छ। यस अवधिमा वैदेशिक सहायता प्रतिवद्धता भने अनुदानमा ९ अर्ब ४६ करोड र ऋणमा १ खर्ब १६ अर्ब ६१ करोड गरी कुल १ खर्ब २६ अर्ब ७ करोड बराबरको प्राप्त भएको छ।


    आइतवार, जेठ १५ २०७९०५:२७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij