काठमाडौं । सरकारको नीमाथि प्रतिनिधि सभा सदस्यहरूले उठाएका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिइरहेका छन्। प्रतिनिधि सभाको जारी बैठकमा उनले निर्वाचन शान्तिपूर्ण भएको बताउनुभएको छ ।
एमालेका सांसद्हरुले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन नसकेको आरोप लगाएका थिए। त्यसलाई प्रधानमन्त्री देउवाले जवाफ फर्काउनुभएको हो । उहाँले देशभर एकैपटक एकैसाथ निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण कुरा भएको बताउनुभयो ।
'साधन र स्रोतको सीमितताकाबिच पनि निर्वाचन समग्रतामा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ। छिटपुट घटनालाई निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु लिएर उपयुक्त हुदैन,' उहाँले भन्नुभएको छ ।