Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशको अर्थतन्त्र समस्याग्रस्त हैन, संकटग्रस्त छ : गगन थापा

देशको अर्थतन्त्र समस्याग्रस्त हैन, संकटग्रस्त छ : गगन थापा

  • शनिवार, जेठ १४ २०७९

  • 517
    SHARES

  • देशको अर्थतन्त्र समस्याग्रस्त हैन, संकटग्रस्त छ : गगन थापा

    काठमाडौं ।

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशको अर्थतन्त्र समस्या ग्रस्त मात्र नभई संकटग्रस्त हुँदै गएको बताउनुभएको छ । उहाँले प्रतिनिधिसभामा प्रि-बजेट छलफलमा सम्बोधन गर्दै अर्थतन्त्र संकटग्रस्त हुँदै गएको बताउनुभएको हो ।

    ‘अर्थतन्त्रमा जोखिम आइसक्यो । त्यसैले जोखिम सम्बोधन गर्न सरकारले नै सबैभन्दा बढी ध्यान दिनुपर्छ,’ थापाले भन्नुभयो, ‘आजको सबैभन्दा ठुलो चुनौती व्यापार घाटा हो ।’ पछिल्लो १० महिनामा नेपालले १६ खर्बको आयात गर्दा १ खर्बको सामान बेच्नु अर्थतन्त्रको सबैभन्दा ठुलो चुनौती भएको थापाले बताउनुभयो ।

    ‘नेपालजस्तो अर्थतन्त्र भएको मुलुकलाई सबैभन्दा ठुलो चुनौती नै व्यापार घाटा हो,’ थापाले भन्नुभयो । ‘कतिपय देशलाई व्यापार घाटा ठुलो चुनौती होइन । तर, नेपालजस्तो अर्थतन्त्र भएको मुलुकमा यो समस्या हो ।’ खास गरी, पेट्रोलियम पदार्थको बढ्दो आयात नै व्यापार घाटा न्यूनीकरणको चुनौती भएको थापाको भनाइ छ ।

    कृषि प्रधान देश भनिएपनि सबैजसो कृषिजन्य वस्तुको आयात बढ्दा समेत देशको अर्थतन्त्र झन् सङ्कटतर्फ मोडिएको थापाले बताउनुभयो । अहिलेकै तरिकामा अघि बढ्दा देशको अर्थतन्त्र क्र्यास हुन सक्नेमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । यसैगरी, नेपाल आत्मनिर्भर उन्मुख औद्योगिक उत्पादनको आयात घटाउन सरकारलाई उहाँले आग्रह गर्नुभयो ।

    ‘हामी सुपारी र मरीच ल्याउँदैनौँ । अन्य नचाहिने वस्तुको आयात समेत गर्दैनौँ भनेर सरकारले भन्नुपर्छ,’ थापाले भन्नुभयो ।, ‘सरकारले यसो भनेपछि मात्रै सर्वसाधारणले पनि नचाहिने वस्तुको खरिद गर्दैनन् । जसले आयात घटाउँछ ।’ यस्तै, खुला सिमानाको दुरुपयोग गर्दै भइरहेको टेक्सटायल र जुत्ता चप्पलको चोरी पैठारीलाई रोक्न सम्पूर्ण सरकारी संयन्त्र नै सक्रिय हुनुपर्ने थापाले बताउनुभयो ।


    शनिवार, जेठ १४ २०७९०१:२७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij