काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले संसद्मा प्रस्तुत भएको नीति तथा कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी सही रहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपमहासचिव रिमालले भन्नुभयो,“कांग्रेसका सांसद र मन्त्रीले संसद्मा प्रयोग गरेका शब्द पनि सुनिएकै हो, हाम्रा अध्यक्षले सरकारले संसद्मा प्रस्तुत गरको नीति तथा कार्यक्रमप्रति राख्नुभएको धारणा उहाँको आफ्नो मात्र होइन सम्रग जनताको पनि हो, त्यसैले उहाँको धारणा नीतिसंगतरुपमा सय प्रतिशत सही छ ।”
सरकारले अहिले जनतालाई ठूला सपना बाँड्नुभन्दा प्रदेश र संघीय निर्वाचन स्वच्छरुपमा सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ ।
उपमहासचिव रिमालले एमाले र गठबन्धनको तुलना गर्दा एमालेले कम सिटमा जित हासिल गरेको पनि स्वीकार्नुभएको छ ।
बहस सुन्न यहाँ क्लिक गर्नुहोस् :