Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

५ करोड २० लाख ठगी आरोपमा ७२ वर्षीय वृद्धसहित २ जना पक्राउ

५ करोड २० लाख ठगी आरोपमा ७२ वर्षीय वृद्धसहित २ जना पक्राउ

  • शुक्रवार, जेठ १३ २०७९

  • 495
    SHARES

  • ५ करोड २० लाख ठगी आरोपमा ७२ वर्षीय वृद्धसहित २ जना पक्राउ
    काठमाडौं । सरकारी जग्गासमेत बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 
     
    खोटाङको बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बस्ने धनिराम राई समेतको जाहेरीमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बस्ने केशव प्रसाद अधिकारी र  भक्तपुर नगरपालिका वडा नम्बर ८ बस्ने ५८ वर्षीय ईश्वर गाइजुलाई प्रहरीले पक्राउ गरेको हो । 
     
    भक्तपुर सुडालमा रहेको ४ आना सरकारी जग्गा र अन्य व्यक्तिको निजी जग्गासमेत देखाएर उनीहरूले पाँच करोड २० लाख ठगी गरेको उजुरी परेको थियो ।
     
    उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रवार दिउँसो भक्तपुर नगरपालिका १० स्थित मालपोत गेटबाट पक्राउ गरेको हो । 
     
    उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए । 
     


    शुक्रवार, जेठ १३ २०७९०५:३४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij