Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आजको मौसम : यी क्षेत्रमा वर्षाको सम्भावना

आजको मौसम : यी क्षेत्रमा वर्षाको सम्भावना

  • शुक्रवार, जेठ १३ २०७९

  • 701
    SHARES

  • आजको मौसम : यी क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौं। नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ।

    दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    शनिबार प्रदेश १ र मधेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


    शुक्रवार, जेठ १३ २०७९०७:०७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij