Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

निजगढमा रोकियो अन्तर्राष्ट्रिय विमानस्थल, लालबाबुले दिए कडा जवाफ

निजगढमा रोकियो अन्तर्राष्ट्रिय विमानस्थल, लालबाबुले दिए कडा जवाफ

  • बिहिवार, जेठ १२ २०७९

  • 465
    SHARES

  • निजगढमा रोकियो अन्तर्राष्ट्रिय विमानस्थल, लालबाबुले दिए कडा जवाफ

    काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गरिदिएको छ ।

    बृहत पूर्ण इजलासले बिहीबार सरकारलाई नेपाललाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको हो ।

    वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अन्तिम आदेश गर्दै सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने सरकारी निर्णयहरू बदर गरिदिएको हो ।

    वरिष्ठ अधिवक्ता शर्माको तर्फबाट वकालत गरेका अधिवक्ता सञ्जय अधिकारीका अनुसार सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउनेसम्बन्धी २०७१ फागुन र चैत तथा २०७५ पुसमा भएका निर्णयहरू बदर गरिदिएको हो ।

    यसैबीच सर्वोच्च अदालतको यो निर्णयप्रति विभिन्न धारणा आउन थालेका छन् । नेकपा एमालेका नेता लालबाबु पण्डितले सामाजिक सञ्जालमा लेख्दै यो निर्णय राष्ट्रघाती र विदेशी स्वार्थमा गरिएको टिप्पणी गरेका छन् ।

    Capture.PNG


    बिहिवार, जेठ १२ २०७९०७:११:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij