Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीको चुनौती : वाइडबडीमा छानबिन गर्नुस्

ओलीको चुनौती : वाइडबडीमा छानबिन गर्नुस्

  • बिहिवार, जेठ १२ २०७९

  • 542
    SHARES

  • ओलीको चुनौती :  वाइडबडीमा छानबिन गर्नुस्
     
    काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी काण्ड छानबिन गर्न संसदबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन्।
     
    उनले संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै आफूमाथि वाइडबडी काण्ड भ्रष्टाचार गरेको आरोप लागेको भन्दै छानबिन गर्न आग्रह गरे।
     
    ‘वाइडबडीदेखि अन्यमा मलाई जोडियो। यसमा कसले सम्झौता गर्‍यो कसले भुक्तानी दियो। मैले  त सम्झौता भएपछि अन्तिम किस्ता मात्र दिएको हुँ’, उनले  चुनौती दिँदै भने, ‘यसमा पनि भ्रष्टाचार भएको लाग्छ भने छानबिन गर्नुस्, को-को कसरी संलग्न छन्।’
     
    उनले ३३ किलो सुनकाण्ड पनि अरूले गरेको र आफूले छानबिन गरेको दाबी गरे। ‘३३ किलो सुनकाण्ड मैले छानबिन गराएको हुँ। सुनको कारोबारी गिरफ्तार हुन थालेपछि विरोध भएको हो,’ उनले भने, ‘सुन तस्करीका सबै बाटो बन्द भयो अनि आलोचना सुरु भयो। त्यस्तै बालुवाटार काण्ड भएकै थिए मेरो सरकारले छानबिन गरेर मुद्दा दायर गरेको हो।’
     
    कसको निर्णयबाट बालुवाटारको सरकारी जग्गा व्यक्तिको भयो भन्ने विषयमा छानबिन गर्न पनि उनले आग्रह गरे। उनले २० देखि ४० अर्ब केपी ओलीसँग पैसा छ भनेर आरोप लागेको तर आफूले सबै सम्पत्ति राज्यलाई दिएकाले यस्ता निराधार कुरा गर्न आवश्यक नहुने दाबी  गरे।
     
    उनले आफ्नो सम्पूर्ण चल-अचल सम्पत्ति राज्यको नाममा गरेको भन्दै अब किन भ्रष्टाचार गर्ने भन्दै प्रश्न गरेका छन्। आफूभन्दा अगाडि आफ्नो सम्पत्ति हस्तान्तरण गर्ने कोही निस्कन पनि चुनौती दिएका छन्। उनले अन्य पूर्व प्रधानमन्त्रीलाई पनि यस्तो गर्न चुनौती दिए।


    बिहिवार, जेठ १२ २०७९०१:३६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij