Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना 

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना 

  • बिहिवार, जेठ १२ २०७९

  • 870
    SHARES

  • आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना 

    काठमाडौं । हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भएको छ ।

    दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    शुक्रबार पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति प्रदेश १ का थोरै स्थान र अन्य पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

     शनिबार पहाडी भूभागका थोरै  स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


    बिहिवार, जेठ १२ २०७९०६:४३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij