Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट कांग्रेस नवलपरासी उपसभापतिसहित थप चार जनाको मृत्यु

कोरोनाबाट कांग्रेस नवलपरासी उपसभापतिसहित थप चार जनाको मृत्यु

  • मंगलवार, भाद्र २ २०७७

  • 819
    SHARES

  • कोरोनाबाट कांग्रेस नवलपरासी उपसभापतिसहित थप चार जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परासी, तनहँु, धुलिखेल र बाँकेका एक–एक जना रहेका छन् ।

    कोरोना संक्रमणका कारण आज बिहान परासीमा नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको मृत्यु भएको छ । ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    निमोनियासमेत देखिएका उहाँमा कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि उहाँलाई पाटन अस्पताल ल्याइएको थियो ।

    त्यस्तै, कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो । ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्काले जानकारी दिनुभयो ।
    त्यसैगरी, धुलिखेल अस्पतालमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धुलिखेल निवासी ९८ वर्षीय पु?षको गएराति मृत्यु भएको अस्पतालका प्रवक्ता डा. सुमन ताम्रकारले जानकारी दिनुभयो ।

    त्यसैगरी, कोरोना संक्रमणकै कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ । निमोनियाबाट ग्रसित नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षीय पु?षको कोरोना संक्रमण कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

    साउन ३० गते कोरोनाको लक्षण देखिएपछि साउन ३२ गते उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए ।


    मंगलवार, भाद्र २ २०७७१२:४३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij