Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा आज थपिएका ५८१ जना कोरोना संक्रमितमा कुन जिल्लाका कति ?

नेपालमा आज थपिएका ५८१ जना कोरोना संक्रमितमा कुन जिल्लाका कति ?

  • सोमवार, भाद्र १ २०७७

  • 697
    SHARES

  • नेपालमा आज थपिएका ५८१ जना कोरोना संक्रमितमा कुन जिल्लाका कति ?

    काठमाडौं । नेपालमा आज थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    आज थपिनेमा काठमाडौं काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा रहेका छन् । यस्तै पर्साका ७७ जना, बाराका ५९, मोरङका ४०, रुपन्देहीका ३२, सुनसरीका ३१, प्युठानका २८, बाँकेका २४, सर्लाहीका १७, कैलालीका १६, कास्कीका १५, कञ्चनपुरका १२ र रौतहटका ११ जनामा पनि कोरोना पुष्टि भएको छ ।

    यसैगरी झापाका ८, सिन्धुपाल्चोकका ५, काभ्रे, स्याङ्जा, मकवानपुर र धादिङका ४–४, धनुषा र जुम्लाका ३–३ जना, महोत्तरी, नवलपुर, कपिलवस्तु, तनहुँ र दाङका २–२ जना रहेका छन् । त्यसैगरी, सल्यान, सप्तरी, डडेलधुरा, दैलेख, सुर्खेत, अर्घाखाँची, चितवन र नुवाकोटका १–१ जनामा पनि संक्रमण देखिएको छ ।




    सोमवार, भाद्र १ २०७७०७:११:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij