Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नीति तथा कार्यक्रमले जनताको मन छुन सकेन : अर्थविद्

नीति तथा कार्यक्रमले जनताको मन छुन सकेन : अर्थविद्

  • मंगलवार, जेठ १० २०७९

  • 586
    SHARES

  • नीति तथा कार्यक्रमले जनताको मन छुन सकेन  : अर्थविद्

    काठमाडौं । सरकारले आज ल्याएको २०७९/०८० को नीति तथा कार्यक्रममा अर्थविद्हरूले समान धारणा व्यक्त गरेका छन् । कोरोनाकालपछि तहसनहस भएको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने चुनौतीकाबीच आएको नीति तथा कार्यक्रम बढी महत्वकांक्षी र कार्यान्वयनमा जटिलता बोकेर आएको अर्थ विश्लेषकहरूको टिप्पणी छ ।

    नीति तथा कार्यक्रम छोटो र धेरै विषयवस्तु समेटेको हुनुपर्ने निबन्धको लेखाइ भएको उनीहरूको तर्क छ । पूर्व गभर्नर चिरञ्जीवी नेपालले नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै महत्वकांक्षी राष्ट्रिय गौरवका आयोजनाहरू राखेर पाना भर्ने काम भएकोले लाभग्राहीलाई छुन नसकेको दाबी गर्नुभयो ।

    मुलुकमा अन्तर्राष्ट्रिय सङ्कटहरू देखा परेको, वैदेशिक पूजी बजार अस्तव्यस्त भएको अवस्थामा सुहाउँदो नीति तथा कार्यक्रम नआएको अर्थविश्लेषक परितोष पौडेलको भनाइ छ । यद्यपि बजेट आउँदा केही परिमार्जन भएर आउने उहाँको आशा छ ।

    अर्थविद् डा.चन्द्रमणि अधिकारीका अनुसार वर्षौदेखिका बाचालाई पूरा गर्न नसक्दा ससाना विषयलाई नीति तथा कार्यक्रममा समेट्नुपर्ने बाध्यता रहेको छ । केही सम्भावना बोकेर आएको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती भएपनि लागू हुँदा सबैको सक्रिय भूमिका हुनुपर्ने उहाँको तर्क छ ।

    सरकारले सीमा विवादका विषय ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्ने नीति लिने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उक्त कुरा उल्लेख गर्नुभएको हो ।

    संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताका आरधामा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गरिने बताइएको छ । नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखी छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई थप प्रगाढ बनाइने पनि नीति तथा कार्यक्रममा समावेश छ ।


    मंगलवार, जेठ १० २०७९०८:४३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij