काठमाडौं- सरकारले नेपाली सेनाको पोसाक लत्ता कपडा, तथा गोली गठ्ठाको उत्पादन स्वदेशमै गर्ने गरी विशेष व्यवस्था गर्ने बताएको छ ।
मंगलबार आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले यस्तो बताएको हो ।
हाल भएका सैनिक बम, बारुद तथा गोली गठ्ठासहित आवश्यक सामग्री उत्पादन उद्योगहरूलाई विस्तार गरिने सरकारले बताएको छ ।