Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images
सरकारको नीति तथा कार्यक्रम

सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने 

सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने 

दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म विस्तार
  • मंगलवार, जेठ १० २०७९

  • 463
    SHARES

  • सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने 

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने बताएकी छन् । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रममा विज्ञान, गणित, अंग्रेजी र प्रविधि शिक्षकको अभाव नहुने गरी सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरिने जानकारी दिएकी छन्

    त्यस्तै, गुणस्तरीय शिक्षाको राष्ट्रिय मानक निर्धारण गर्ने विशिष्टीकृत नमुना विद्यालय सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा भनिएको छ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गर्ने भनेको छ । 

    दिवा खाजा कार्यक्रमलाई कक्षा आठसम्म विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।


    मंगलवार, जेठ १० २०७९०५:५६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij