काठमाडौं । पूर्व गभर्नर चिरञ्जीवी नेपालले आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौति रहेको औँल्याउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेस गरेको नीति तथा कार्यक्रमबारे बोल्दै नेपालले अर्थतन्त्रमा देखिएका चुनौतिलाई समाधान गर्ने गरी बजेट नआएको दाबी गर्नुभयो । नेपाली रेडियो नेटवर्कसँग संक्षिप्त कुरा गर्दै नेपालले कोरोनाबाट थिलथिलिएको मुलुकको अर्थतन्त्र चलायमान बनाउनमा आवश्यक रहेको भन्दै महत्वकांक्षी योजना कार्यान्वयनमा चुनौती हुने स्पष्ट पार्नुभयो ।
ठूला–ठूला आयोजना निर्माणमा लगानी गर्ने गफ पहिलेदेखिनै चलिआएकोले अब बजेटले आवश्यकतालाई सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । कार्यान्वयन हुनसक्ने र आधारभूत विषयहरुलाई बजेटले प्राथमिकतामा पार्न नसकेको उहाँको गुनासो छ ।
नीति तथा कार्यक्रम निबन्धको रुपमा मात्रै प्रस्तुत भएको उहाँको भनाइ छ । अंकमा प्रस्तुत हुनुपर्ने विषयहरु पनि लुकेको नेपालको दाबी छ । आर्थिक पुर्नउत्थानलाई व्यवस्थित गर्न रेमिट्यान्स, करप्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उहाँको तर्क छ ।