Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मूल्यवृद्धिविरुद्ध खाली सिलिण्डर राखेर मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

मूल्यवृद्धिविरुद्ध खाली सिलिण्डर राखेर मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

  • मंगलवार, जेठ १० २०७९

  • 657
    SHARES

  • मूल्यवृद्धिविरुद्ध खाली सिलिण्डर राखेर मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

    काठमाडौं - इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदेश-१ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिण्डर राखेर प्रदर्शन गरेका छन् ।

    खाना पकाउने ग्यासमा सिलिण्डर २ सय रुपैयाँ, पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको थियो । मूल्य वृद्धिको विरोधमा मङ्गलवार विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

    मनलाग्दी भएको मूल्य वृद्धिले सर्वसाधारणलाई सास्ती भएपछि प्रदर्शनमा उत्रिएको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले बताए ।

    संघीय सरकारले मूल्य वृद्धि गर्दा प्रदेश सरकार चुप लागेर बसेको भन्दै खाली सिलिण्डर राखेर प्रदर्शन गर्नु परेको उनले बताए ।

    प्रदर्शनका क्रममा स्थानीयले मूल्यवृद्धि तत्काल फिर्ता गर्न पनि माग गरेका छन् ।


    मंगलवार, जेठ १० २०७९०२:३०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij