Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचनको झापड खाएपछि एमाले थचक्कै मेचमा बसेको छ, प्रचण्डबिना देशको राजनीति चल्दैन : बिडारी (भिडिओसहित)

निर्वाचनको झापड खाएपछि एमाले थचक्कै मेचमा बसेको छ, प्रचण्डबिना देशको राजनीति चल्दैन : बिडारी (भिडिओसहित)

  • सोमवार, जेठ ९ २०७९

  • 860
    SHARES

  • निर्वाचनको झापड खाएपछि एमाले थचक्कै मेचमा बसेको छ, प्रचण्डबिना देशको राजनीति चल्दैन : बिडारी (भिडिओसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले अहिलेको स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक रहेको स्पष्ट पारेका छन् ।

    उनले एमालेलाई प्रतिगामी शक्तिको रूपमा चित्रण गरे । अहिलेको निर्वाचनको सानो झापड खाएपछि एमाले थचक्कै भएको बिडारीको टिप्पणी छ ।

    जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमालेले पनि ९ दलीय गठबन्धन गरेको जिकिर गरे । उनले केपी ओलीले यस पटकको निर्वाचनमा राप्रपासँग तालमेल गरेको सुनाए ।

    उनले काठमाडौं महानगरको मेयरमा बालेन शाहले पाएको मत ‘नो भोट’ भएको उल्लेख गरे । उनले अहिले प्रचण्डको विकल्प देशलाई त नभएको जिकिर गरे । उनले यो देशको राजनीति प्रचण्डबिना अघि बढ्न नसक्ने पनि ठोकुवा गरे ।

    उनले भने,‘प्रचण्डबेगर यो देशको राजनीति अघि बढ्न सक्दैन । प्रचण्डले यो देशलाई के गर्नुभएन ? सङ्घीयता, धर्मनिरपेक्षता कसले ल्यायो ?’ उनले यो मुलुकको राजनीतिलाई अघि बढाउने व्यक्ति भनेको प्रचण्ड नै भएको जिकिर गरे । उनले अहिले माओवादी केन्द्रको जनमत बढेको स्पष्ट पारे । उनले अबको सङ्घीय निर्वाचनमा आफ्नो पार्टी दोस्रो हुने पनि दाबी गरे ।

    उनले अहिलेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार नै कम उठाएकोले माओवादी तेस्रो भएको भए पनि अबको निर्वाचनमा माओवादी दोस्रो हुने ठोकुवा गरे ।

    उनले केपी ओलीले आफूले प्रतिनिधिसभा विघटन गरेर गम्भीर गल्ती गरेको भनेर स्विकारे आफूहरू वार्ता गर्न तयार रहेको सुनाए ।

    उनले अहिलेको गठबन्धन कुनै पनि हालतमा नभत्किने जिकिर गरे । उनले अहिलेको गठबन्धन नभएको भए अहिले स्थानीय तहको निर्वाचन नै हुने थिएन भन्ने पनि आशङ्का गरे ।

    भिडिओ !


    सोमवार, जेठ ९ २०७९०२:३९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij