Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज साहको जित लगभग निश्चित

जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज साहको जित लगभग निश्चित

  • सोमवार, जेठ ९ २०७९

  • 442
    SHARES

  • जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज साहको जित लगभग निश्चित

    काठमाडैं - जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह जित नजिक पुगेका छन्।

    २५ वडामध्ये २३ वटाको मतगणना सम्पन्न हुँदा उनले १२२९० मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साहले ९३२१ मत ल्याएका छन्।

    लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५०१६ मत ल्याएका छन्।

    सत्तारूढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार लालकिशोर साह ४८०६ मतसहित चौथो स्थानमा छन्।

    उनी निवर्तमान मेयर हुन्।

    स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतो ३७३४ मतसहित पाँचौं स्थानमा छन्। वडा नम्बर १४ र १५ को मतगणना अहिले जारी छ।

    वडा नम्बर १५ मा स्वतन्त्र उम्मेदवार मनोज साहको घर पर्छ। त्यहाँ समेत उनले अग्रता कायमै राख्ने देखिन्छ।

    वडा नम्बर १४ मा समेत उनको राम्रो प्रभाव छ। उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोरी साह समेत जित नजिक पुगेका छन्।

    हालसम्मको गणनामा उनले १४ हजार ८३२ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुना झा १० हजार ५३४ मतसहित दोस्रो स्थानमा छिन्।

    निवर्तमान उपमेयर लोसपाकी रिताकुमारी मिश्र ५ हजार २५४ मतसहित तेस्रो स्थानमा रहेकी छन्।


    सोमवार, जेठ ९ २०७९०१:४०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij