Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उपभोक्ता अधिकारकर्मीको आरोप : 'उद्योगमन्त्री नै पेट्रोलियम पदार्थको चलखेलमा सामेल'

उपभोक्ता अधिकारकर्मीको आरोप : 'उद्योगमन्त्री नै पेट्रोलियम पदार्थको चलखेलमा सामेल'

  • सोमवार, जेठ ९ २०७९

  • 511
    SHARES

  • उपभोक्ता अधिकारकर्मीको आरोप : 'उद्योगमन्त्री नै पेट्रोलियम पदार्थको चलखेलमा सामेल'


    काठमाडौं । उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले दिलेन्द्रप्रसाद बडुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाले पछि पेट्रोलियम पदार्थको मूल्यमा झन बढी चलखेल हुन थालेको दाबी गरेका छन् ।

    उनले मन्त्री बडुले नेपाल आयल निगमलाई निजीकरण गर्न खोजेको पनि आरोप लगाए । पेट्रोलियम पदार्थको मूल्य बढाएर निगमलाई निजी क्षेत्रको जिम्मा दिने तयारी सरकारले गरिरहेको उनको आरोप छ ।

    नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बानियाँले भने,“महँगीले जनताको ढाड सेकेर सरकारले अपराध गरिरहेको छ, निजी क्षेत्रले पेट्रोलको भाउ २ सय ५० पुगेपछि मात्रै जिम्मा लिने प्रस्ताव राखेकाले लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको हो ।”


    सोमवार, जेठ ९ २०७९०७:३३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij