Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना

आज दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना

  • शुक्रवार, जेठ ६ २०७९

  • 869
    SHARES

  • आज दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना

    काठमाडौं । शुक्रबार दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान पनि बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    शनिबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना छ ।


    शुक्रवार, जेठ ६ २०७९०६:४०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij