Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सिके राउतको जनमत पार्टीले जित्यो अर्को पालिका

सिके राउतको जनमत पार्टीले जित्यो अर्को पालिका

  • बिहिवार, जेठ ५ २०७९

  • 596
    SHARES

  • सिके राउतको जनमत पार्टीले जित्यो अर्को पालिका

    काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी (जपा)ले दोस्रो पालिकामा जित निकालेको छ। यसअघि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जित निकालेको जपाले सप्तरीकै वलान विहुल गाउँपालिकामा जित निकालेको छ। जपाले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित निकालेको हो।

    जपाका खेम चन्द्र यादव गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। उहाँले २ हजार ९९४ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका नवीन कुमार झाले २ हजार २४७ मत ल्याउँदै पराजित हुनुभएको छ।

    गाउँपालिकाको उपाध्यक्ष पदमा पनि जपाकै रेणु यादव निर्वाचित हुनुभयो। यादव २ हजार ६९० मत ल्याउँदै निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी आश देवी मंडलले २ हजार ३०४ मत प्राप्त गर्दै पराजित हुनुभएको छ।

    गाउँपालिकामा भएका ६ वटा वडामध्ये वडा नम्बर १ र ३ मा जपा, २ र ४ मा नेपाली कांग्रेस, वडा नम्बर ५ मा जनता समाजवादी पार्टी र वडा नम्बर ६ मा एमालेले जीत निकालेको छ।


    बिहिवार, जेठ ५ २०७९१२:३९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij