Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वीरगञ्जमा दुई मिर्गौला रोगीसहित २९ जनाले जिते कोरोना

वीरगञ्जमा दुई मिर्गौला रोगीसहित २९ जनाले जिते कोरोना

  • आइतवार, श्रावण ३२ २०७७

  • 609
    SHARES

  • वीरगञ्जमा दुई मिर्गौला रोगीसहित २९ जनाले जिते कोरोना

    वीरगञ्ज । वीरगञ्जमा थप २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयर हस्पीटलमा उपचाररत २९ जना कोरोनामुक्त भई घर फर्किएका हुन् । संक्रमणमुक्त हुनेमा ५ जना महिला छन् ।

    पोखरिया र वीरगञ्ज श्रीपुर घर भएका मिर्गौला रोगी दुई जना महिलाले पनि कोरोनालाई जितेका छन् । उनीहरुलाई हेल्थ केयर अस्पतालमा तीन पटकसम्म डायलायसिस गरिएको थियो ।

    संक्रमणमुक्त हुनेहरुमा पर्साका २५ जना तथा दैलेख, धादिङ, बाँके र झापा घर भई वीरगञ्जमै कार्यरत ४ जना कोरोना संक्रमणमुक्त भएको अस्पतालले जनाएको छ ।

    पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको र संक्रमणमुक्त भए पनि १४ दिन होम क्वारेन्टिन बस्न आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिनुभयो ।


    आइतवार, श्रावण ३२ २०७७०१:३०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij