पोखरा । गण्डकी प्रदेशका दुई जिल्लामा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार संक्रमित हुनेहरु कास्कीका ५ जना र तनहुँका १ जना छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १ हजार ७ सय ९ पुगेको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले दिएको जानकारीअनुसार पछिल्लो पटक संक्रमित हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका – १६ मा २२ र ३० वर्षका पुरुष तथा ५० र २२ वर्षका महिला छन् ।
यसैगरी पोखरा महानगरपालिकाकै –५ मा ३३ वर्षीया एक जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । डा. शर्माका अनुसार तनहुँको भानु नगरपालिका –४ मा ३० वर्षीय एक जना पुरषमा पनि कोरोना संक्रमण देखिएको छ ।