Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशका ६ जिल्लाका थप १० जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशका ६ जिल्लाका थप १० जनामा कोरोना संक्रमण पुष्टि

  • शनिवार, श्रावण ३१ २०७७

  • 710
    SHARES

  • गण्डकी प्रदेशका ६ जिल्लाका थप १० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । गण्डकी प्रदेशमा १० जना कोरोना संक्रमित थपिएका छन्‌।  प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ६ जिल्लाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परीक्षण गर्दा तनहुँको भानु नगरपालिका-२ र ४ का दुई जना, कास्कीको पोखरा महानगरपालिका-५ र ८ दुई जना, बागलुङको बागलुङ नगरपालिका-३ का एक जना, बडिगाड-६ का एक जना, गोरखाको गोरखा नगरपालिकाका एक जना, स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ का एक जना र नवलपरासीको बर्दघाट सुस्तापूर्व मध्यबिन्दु नगरपालिका-८ का एक जनामा कोरोना पुष्टि भएको हो।

    थपिएका सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ।  थप १० जनासहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६९२ जना पुगेको छ।


    शनिवार, श्रावण ३१ २०७७०८:१७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij