काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायम राखेका छन् ।
पछिल्लो मतगणना अनुसार ५ हजार ९ सय ८३ मत गणनामा शाहले २०७१ मतसहित अग्रता बढाएका हुन् ।
उनलाई नेकपा एमालेका केशव स्थापितले ११६४ मत ल्याएर पछ्याइरहेका छन् ।
गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १००६ मत पाएकी छन् । बालेनको अग्रताले उनका समर्थकहरु उत्साहित भएका छन् ।