Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

इमान्दार, सक्षम र परिपक्‍व नेतृत्त्व चयन गर्न रवीन्द्र मिश्रको आग्रह

इमान्दार, सक्षम र परिपक्‍व नेतृत्त्व चयन गर्न रवीन्द्र मिश्रको आग्रह

  • शुक्रवार, बैशाख ३० २०७९

  • 582
    SHARES

  • इमान्दार, सक्षम र परिपक्‍व नेतृत्त्व चयन गर्न रवीन्द्र मिश्रको आग्रह

    काठमाडौ‌ं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले इमान्दार, सक्षम र परिपक्‍व नेतृत्त्व चयन गर्न आग्रह गरेका छन् । नभए पाँच वर्ष आफैंले चयन गरेको नेतृत्त्वलाई गाली गर्दैमा बित्ने बताएका छन् ।

    उनले मतदाताको एक मत स‌ंसारको सबैभन्दा शक्तिशाली बन्दुकभन्दा पनि शक्तिशाली हुने दाबी गरे । भ्रष्‍टाचार र देशलाई घाते गर्ने नेता मतदाताले गर्ने मतदानकै परिणाम भएको बताए ।

    उनले भनेका छन्, 'पुरानो सिक्रीमा बाँधिएर या क्षणिक हुरीमा बहकिएर मतदान गर्दागर्दा यो देश यस्तो भइसक्यो जहाँ, विदेशिने मौका पाएको खण्डमा अपवाद बाहेक कोही बस्‍नै चाहँदैन। झुठ बोल्ने, भ्रष्‍टारचार गर्ने, परिचय नै लुकाउने, नातावाद-कृपावादमा लिप्त हुने, देशलाई घात गर्ने, सबै नेता हाम्रै मतदानका परिणाम हुन्।

    मतदाताको एक मत संसारको सबैभन्दा शक्तिशाली बन्दुकभन्दा पनि शक्तिशाली हुन्छ। अब सोची विचारी, शब्द र कर्म दुवैमा 'इमान्दार, सक्षम, परिपक्‍वू नेतृत्व चयन गरौ‌ं । नत्र पाँच वर्ष फेरि नेतृत्वलाई गाली गर्दैमा बित्‍नेछ ।'

    मिश्र नेतृत्त्वको पार्टीले यसअघि २०७४ सालको निर्वाचनमा पनि सहभागिता जनाएको थियो ।


    शुक्रवार, बैशाख ३० २०७९०९:५९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij