Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

व्यापारीमा कोरानो देखिएपछि न्यूरोडका पसल बन्द

व्यापारीमा कोरानो देखिएपछि न्यूरोडका पसल बन्द

  • शुक्रवार, श्रावण ३० २०७७

  • 669
    SHARES

  • व्यापारीमा कोरानो देखिएपछि न्यूरोडका पसल बन्द

    काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ ।

    व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडानम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो ।

    शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ । वडा कार्यालयले विज्ञप्ति जारी गर्दै न्यूरोड क्षेत्रमा कोरोना संक्रमण गर्नु आवश्यक रहेकाले साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध शालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध शालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।’


    शुक्रवार, श्रावण ३० २०७७०२:११:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij