Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मेरो नामका नक्कली ट्विटर ह्यान्डलमार्फत गलत सूचना सम्प्रेषण हुँदैछ : कुलमान घिसिङ

मेरो नामका नक्कली ट्विटर ह्यान्डलमार्फत गलत सूचना सम्प्रेषण हुँदैछ : कुलमान घिसिङ

  • बुधवार, बैशाख २८ २०७९

  • 598
    SHARES

  • मेरो नामका नक्कली ट्विटर ह्यान्डलमार्फत गलत सूचना सम्प्रेषण हुँदैछ : कुलमान घिसिङ

    काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा खुलेका नक्कली ट्विटर ह्यान्डलबाट अफवाह फैल्याउने काम भइरहेको बताएका छन्।

    बुधबार एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नो नाम र तस्बीर प्रयोग गरी खोलिएका नक्कली ट्विटर हृयान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

    ‘मेरो आधिकारिक ट्वीटर हृयान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर हृयान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली हृयान्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु,’ घिसिङले विज्ञप्तिमा भनेका छन् ।

    उनले निर्वाचन आयोगबाट स्थानीय तहको निर्वाचनका लागि जारी भएका आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरु नगर्न अनुरोध गरेका छन् ।

    विज्ञप्ति

    press-release kulman.jpg


    बुधवार, बैशाख २८ २०७९०४:१२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij