काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । ६ महिने करार सेवाका लागि १५ दिनभित्र लिखित दरखास्त दिन भनिएको छ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस उत्तीर्ण भई नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । एक हजार रुपैयाँ शुल्क तिरेर प्रक्रियाबमोजिम लिखित परीक्षामा सहभागी हुन सकिने बुधबार प्रकाशित विज्ञापनमा उल्लेख छ ।
