Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाका १७ जना संक्रमित थपिए, २०१ जना सक्रिय संक्रमित

कोरोनाका १७ जना संक्रमित थपिए, २०१ जना सक्रिय संक्रमित

  • आइतवार, बैशाख २५ २०७९

  • 661
    SHARES

  • कोरोनाका १७ जना संक्रमित थपिए, २०१ जना सक्रिय संक्रमित

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार १० जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन ।

    मन्त्रालयका अनुसार अहिले देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २०० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १ जना आईसीयूमा उपचाररत् छन् ।

    आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ११ लाख १९ हजार १४३४ पुगेको छ । ती मध्ये ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने ९ लाख ६६ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।


    आइतवार, बैशाख २५ २०७९०३:०९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij