Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दम्भले ओलीको विनाश भयो : नेपाल

दम्भले ओलीको विनाश भयो : नेपाल

  • आइतवार, बैशाख २५ २०७९

  • 884
    SHARES

  • दम्भले ओलीको विनाश भयो : नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र कम्युनिष्ट मिलेर मात्रै मुलुकमा परिवर्तन सम्भव भएको बताउनुभएको छ ।

    दम्भ देखाए विनास मात्रै हुने नेपालको तर्क छ । आसन्न स्थानीय तहको निर्वाचनका क्रममा पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले कहिले कम्युनिष्टले त कहिले कांग्रेसले दम्भ देखाउने गरेको बताउनुभयो ।

    दम्भ र घमण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विनाश गराएको नेपालको दाबी छ ।

    पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाट उम्मेदवार छन् । मेयर एकीकृत समाजवादीलाई छाडेको भन्दै कांग्रेसमा असन्तुष्टि समेत देखिएको थियो ।


    आइतवार, बैशाख २५ २०७९०२:१३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij