Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

देशभर थप १७ जनामा कोरोना संक्रमण

देशभर थप १७ जनामा कोरोना संक्रमण

  • बिहिवार, बैशाख २२ २०७९

  • 656
    SHARES

  • देशभर थप १७ जनामा कोरोना संक्रमण

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३६ जनाको पीसीआर परीक्षणमा १५ जना र १ हजार ४३५ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने कसैको पनि मृत्‍यु भएको छैन । हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २१६ होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    बिहीबार(आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९७ पुगेको छ । तीमध्ये ११ हजार ९५२ जनाको मृतयु भएको छ भने ९ लाख ६६ हजार ७३० जना संक्रमणमुक्त भएका छन् ।


    बिहिवार, बैशाख २२ २०७९०४:५१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij