Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण, सावधानी अपनाउन मन्त्रालयको आग्रह

पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण, सावधानी अपनाउन मन्त्रालयको आग्रह

  • सोमवार, बैशाख १९ २०७९

  • 738
    SHARES

  • पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण, सावधानी अपनाउन  मन्त्रालयको आग्रह

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३३३ जनाको पीसीआर परीक्षणमा ०८ जना र ९२२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने कसैको मृत्‍यु भएको छैन । हाल देशभर २११ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २०९ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये १ जना आईसीयूमा छन् ।

    सोमबार(आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २९ पुगेको छ । तीमध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ भने ९ लाख ६६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् ।

    यसैबिच, कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । खास गरेर छिमेकी देश भारतमा दैनिक कोरोना संक्रमण पुष्टि हुने दर बढेकाले त्यसको असर नेपालमा पनि देखापर्ने मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकाले नेपालमा पनि त्यसको असर देखिने बताउनुभयो । भारतबाट नेपाल आउने व्यक्तिमार्फत् पनि संक्रमण फैलिन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी भएको सहप्रवक्ता अधिकारीको भनाइ छ ।


    सोमवार, बैशाख १९ २०७९०४:२०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij