Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रदेश १ मा आज मात्रै १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १६ सय २६ पुग्यो

प्रदेश १ मा आज मात्रै १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १६ सय २६ पुग्यो

  • बिहिवार, श्रावण २९ २०७७

  • 620
    SHARES

  • प्रदेश १ मा आज मात्रै १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १६ सय २६ पुग्यो

    विराटनगर । प्रदेश १ मा बिहीबार ११५ जना कोरोनाका संक्रमित थपिएका छन् । मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा एक-एक जना छन् । यसैगरी प्रदेश बाहिरका जिल्लाका दुईजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    प्रदेश राजधानी विराटनगरका २२ महिला र ३८ पुरुष गरी ६० जनामा संक्रमण पुष्टि भएको छ । बूढीगंगामा २५ पुरुष, कटहरीमा दुई महिला एक पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहबीमा तीन पुरुष, धरान एक महिला र बराहक्षेत्र र राधुनीमा एक-एकजना पुरुष, इलामको सन्दकपुरमा चार पुरुष, झापाको बिर्तामोडमा एक महिला र उदयपुरकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ सय २६ पुगेको छ । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।


    बिहिवार, श्रावण २९ २०७७०४:०४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij