Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मोरङको एउटै उद्योगका ३० मजदुरमा कोरोना संक्रमण पुष्टि, उद्योग सिल गर्न निर्देशन

मोरङको एउटै उद्योगका ३० मजदुरमा कोरोना संक्रमण पुष्टि, उद्योग सिल गर्न निर्देशन

  • बिहिवार, श्रावण २९ २०७७

  • 685
    SHARES

  • मोरङको एउटै उद्योगका ३० मजदुरमा कोरोना संक्रमण पुष्टि, उद्योग सिल गर्न निर्देशन

    विराटनगर । सुनसरी-मोरङ औद्योगिक करिडोरमा रहेको एक उद्योगमा कार्यरत ३० मजदुरमा एकैपटक कोरोना संक्रमण देखिएको छ ।

    मोरङको बूढीगंगा गाउँपालिका १ मा सञ्‍चालित आरती स्ट्रिप्स प्रालिमा कार्यरत मजदुरहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । यो उद्योग भारतीय लगानीको हो । यहाँ अधिकांश कामदार भारतीय नै छन् । बूढीगंगा गाउँपालिका विराटनगरको छिमेकी पालिका हो ।

    पहिले दुई मजदुरमा कोरोना देखिएको थियो । पछि उपल्लास्तरका एक कर्मचारी र मजदुरसमेत ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बूढीगंगा गाउँपालिकाका अनुसार उद्योगमा कार्यरत डेढ सयभन्दा धेरैको स्वाब परीक्षण गरिएको थियो । हाल उद्योग सिल गरी मजदुरलाई आइसोलेसनमा राखिएको छ । गाउँपालिकाले उद्योग सिल गर्न निर्देशन दिएको छ ।


    बिहिवार, श्रावण २९ २०७७०३:४६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij