Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यो वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने तथ्यांक विभागको प्रक्षेपण

यो वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने तथ्यांक विभागको प्रक्षेपण

  • बिहिवार, बैशाख १५ २०७९

  • 498
    SHARES

  • यो वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने तथ्यांक विभागको प्रक्षेपण

    काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विभागले आर्थिक वृद्धिदरमा योगदान दिने विभिन्न पक्षको तथ्याङ्क केलाउँदै यसवर्ष अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा बढी हो । गतवर्ष सोही अवधिमा कोभिड–१९ का बीच ३.८३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो ।

    चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर प्रक्षेपण गरेको विभागले यस्तो वृद्धिदर आधार मूल्यका आधारमा ५.४९ प्रतिशत हुने समेत बताएको छ ।

    विभागका अनुसार यस वर्ष कृषि तथा खानीसहित प्राथमिक क्षेत्रको योगदान २.३ प्रतिशत रहनेछ भने उद्योग क्षेत्रबाट जीडीपीमा अधिकतम १०.३ प्रतिशत योगदान रहने जनाएको छ । यस्तै, अन्य सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने समेत विभागले जनाएको छ ।

    यसैबीच, यो आर्थिक वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन जीडीपी साढे ४८ खर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ ।

    बजार मूल्यका आधारमा अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुग्ने विभागले जनाएको छ । यस्तै, चालु आर्थिक वर्षका लागि प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ३ सय ७२ अमेरिकी डलर र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ३ सय ८१ अमेरिकी डलर पुग्ने विभागको प्रक्षेपण छ ।

    यस्तै, चालु आर्थिक वर्षमा आयात २० खर्ब र निर्यात ३ खर्ब २० अर्ब रुपैयाँ पुग्ने पनि विभागले अनुमान गरेको छ ।

    आर्थिक वर्ष सकिन अझैं तीन महिनामात्रै बाँकी नै रहेको अवस्थामा जीडीपीमा प्रभाव पार्ने त्यस्तो कुनै ठूलो असर नआउने र कोभिड–१९ को असर पनि कम भएकाले यस्तो प्रक्षेपण सहज रुपमै पुरा हुने देखिएको विभागले जनाएको छ ।

     


    बिहिवार, बैशाख १५ २०७९०२:५३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij