Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

लेखक संघको अन्तरराष्ट्रिय उपाध्यक्षमा चर्चित कवि क्षेत्री मनोनयन

लेखक संघको अन्तरराष्ट्रिय उपाध्यक्षमा चर्चित कवि क्षेत्री मनोनयन

  • बिहिवार, बैशाख ८ २०७९

  • 1.4K
    SHARES

  • लेखक संघको अन्तरराष्ट्रिय उपाध्यक्षमा चर्चित कवि क्षेत्री मनोनयन

    काठमाडौं । नेपाली लेखक संघले आफ्नो अन्तरराष्ट्रिय उपाध्यक्षमा चर्चित कवि कृसु क्षेत्रीलाई मनोनयन गरेको छ । वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा नवनिर्वाचित केन्द्रीय समितिले उनलाई मनोनित गरेको हो ।

    वि.सं.२००७ सालमा वी पी कोइराला, रिद्दिबहादुर मल्ल, गोविन्दबहादुर मल्ल गोठाले आदिको सक्रियतामा स्थापित लोकतान्त्रिक साहित्यकारहरूको संस्था नेपाली लेखक संघको सातौं अधिवेशन गत चैत १८ र १९ मा श्रवण मुकारुंगको अध्यक्षतामा पोखरामा सम्पन्न भएको थियो ।

    झापामा जन्मेका कवि कृसु क्षेत्री कविताका अतिरिक्त गीत गजल मुक्तक र सम्पादन गर्दछन् भने विलयन लेखनको प्रवर्तक पनि हुन् ।

    कवि क्षेत्रीको चराको गीत अत्यन्त लोकप्रिय कविता संग्रह हो । कूटनैतिक जिम्मेवारी र साहित्यिक गतिविधिको सिलसिलामा लगभग तीन दर्जन मुलुक भ्रमण गरेका कृसु क्षेत्रीको यो मनोनयनले नेपाली लेखक संघलाई प्रवासमा विस्तार गर्ने अपेक्षा पूरा हुनेछ भन्ने संघले विश्वास लिएको छ ।

    सोही बैठकले सचिवमा शशि थापा पण्डित, सदस्यमा विमला तुम्खेबा, मनोज न्यौपाने, गीता रेग्मी, हेम प्रभाष र इन्द्र कुमार विकल्पलाई समेत थप मनोनयन गरेको थियो ।


    बिहिवार, बैशाख ८ २०७९०६:५४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij