Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाका २६ जना संक्रमित थपिए, ३७ जना निको

कोरोनाका २६ जना संक्रमित थपिए, ३७ जना निको

  • मंगलवार, चैत्र २९ २०७८

  • 491
    SHARES

  • कोरोनाका २६ जना संक्रमित थपिए, ३७ जना निको

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६६ जनाको पीसीआर परीक्षण गर्दामा २३ जना र १ हजार २१२ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जना निको भएका छन् भने भने कसैको पनि मृत्यु भएको छैन ।

    हाल देशभर ५५४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५३१ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७६९ पुगेको छ । ती मध्ये ११ हजार ९५१ जनाको मृत्यु भइसकेको छ भने ९ लाख ६६ हजार १११ जना संक्रमणमुक्त भएका छन् ।


    मंगलवार, चैत्र २९ २०७८०६:२२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij