Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीको चुनौती : माधव नेपालले आगामी चुनावमा ३ सिट जितेर देखाउन्

ओलीको चुनौती : माधव नेपालले आगामी चुनावमा ३ सिट जितेर देखाउन्

  • शुक्रवार, चैत्र २५ २०७८

  • 815
    SHARES

  • ओलीको चुनौती : माधव नेपालले आगामी चुनावमा ३ सिट जितेर देखाउन्

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउनका लागि प्रचण्ड–माधवलाई बहुमत दिएर पार्टी एकता गर्दा उल्टै आफैँलाई हटाउन खोजेपछि उनीहरूलाई औकातमा फर्काइदिएको बताउनुभएको छ ।

    एमाले निकट स्वास्थ्यकर्मी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ४ सिट पनि ल्याउन नसक्ने प्रचण्डलाई ५४ सिटको पार्टी बनाइदिँदा उल्टै माधव नेपाल जस्ता कुण्ठाग्रस्त मान्छेहरूलाई बोकेर आफूमाथि झम्टिएको टिप्पणी गर्नुभयो ।

    ओलीले भन्नुभयो– देश बनाउनका लागि भनेर प्रचण्ड माधवलाई बहुमत दिएँ तर उल्टै मलाई हटाउन त्यो बहुमतको दुरुपयोग गरे । मैले वरदान दिएँ तर मेरै टाउकोमा हात राख्ने भष्मासुर प्रवृत्ति देखाए । माधव नेपाल २३ सिट ल्याउने हुती भएको मान्छे हुन् ? पार्टीभित्रको कुरा हो भनेर खुरुखुरु दिइयो तर एमालेलाई दिएको भोट बेचेर हिँडे । माधव नेपालले अब तीन सिट ल्याएर देखाउन् ।

    मन्त्री खानका लागि एमालेको भोट बेचेर केही मोटा मोटा थलथले ज्यान भएकाहरू खुरुरु दौडेर भित्तातिर हिँडेको भन्दै ओलीले प्रेम आले र किसान श्रेष्ठहरूप्रति समेत व्यङ्ग्य गर्नुभयो । ओलीले बारको चुनावको परिणाम पूर्व निर्धारित नै रहेको भन्दै जनताको जनमत वैशाख ३० पछि मात्र प्रकट हुने बताउनुभयो ।


    शुक्रवार, चैत्र २५ २०७८०४:५६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij