Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

देशभर थप ३३ जनामा कोरोना संक्रमण, ८९ जना निको

देशभर थप ३३ जनामा कोरोना संक्रमण, ८९ जना निको

  • सोमवार, चैत्र २१ २०७८

  • 574
    SHARES

  • देशभर थप ३३ जनामा कोरोना संक्रमण, ८९ जना निको

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दामा ३२ जना र २ हजार ११७ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ८९ जना निको भएका छन् भने भने संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८०६ जना होम आइसोलेसनमा रहेका छन् भने ३६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार टद्धड पुगेको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ७१४ जना संक्रमणमुक्त भएका छन् ।


    सोमवार, चैत्र २१ २०७८०४:१९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij