Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बनारसबाट फर्किए प्रधानमन्त्री देउवा, साँझ दिल्लीबाट काठमाडौं आउने

बनारसबाट फर्किए प्रधानमन्त्री देउवा, साँझ दिल्लीबाट काठमाडौं आउने

  • आइतवार, चैत्र २० २०७८

  • 660
    SHARES

  • बनारसबाट फर्किए प्रधानमन्त्री देउवा, साँझ दिल्लीबाट काठमाडौं आउने

    काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारसबाट दिल्ली फर्किएका छन्। आइतबार बिहान बनारस पुगेका उनी दिउँसो दिल्ली फर्किएका हुन्।

    बनारसस्थित काशी विश्वनाथ मन्दिरमा प्रधानमन्त्री देउवाले विशेष पूजा गरेका थिए।

    उक्त कार्यक्रममा देउवा पत्नी आरजु राणा देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय राजदूत विनयमोहन क्वात्रालगायत उपस्थित थिए।

    पूजापछि प्रधानमन्त्री देउवाले एक वृद्धाश्रमको शिलान्यास समेत गरेका छन्। ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा नेपाल सरकारले बनाउन लागेको वृद्धाश्रमको प्रधानमन्त्री देउवाले शिलान्यास गरेका हुन्।

    नेपाल सरकारले वृद्धाश्रमका लागि एक करोड विनियोजन गरेको छ। यद्यपि भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ।

    नेपालबाट तीर्थयात्रामा जानेहरूका लागि वृद्धाश्रम निर्माण गर्न लागिएको हो। उक्त भवनमा ३५ कोठा रहनेछन्। भवन नेपाली शैलीको हुने जनाइएको छ। पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ।

    भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा आजै साँझ ६ पछि नेपाल एयरलाइन्सको नियमित उडानबाट काठमाडौं आइपुग्ने कार्यक्रम छ।


    आइतवार, चैत्र २० २०७८०४:३८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij