Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा दिल्लीमा, आजै बीजेपी कार्यालय जाने

प्रधानमन्त्री देउवा दिल्लीमा, आजै बीजेपी कार्यालय जाने

  • शुक्रवार, चैत्र १८ २०७८

  • 871
    SHARES

  • प्रधानमन्त्री देउवा दिल्लीमा, आजै बीजेपी कार्यालय जाने

    काठमाडौं - तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली पुगेका छन् ।

    चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका छन् ।

    देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्नेछन् ।

    प्रधानमन्त्री देउवासँग आज साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ ।

    त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने छन् । त्यसपछि उनी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।

    प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।


    शुक्रवार, चैत्र १८ २०७८०४:१२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij