Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक बस्दै

कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक बस्दै

  • बुधवार, चैत्र १६ २०७८

  • 535
    SHARES

  • कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक आज बस्ने भएको छ ।

    उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको उक्त समितिको पहिलो बैठकमा सातै प्रदेशका सभापतिसँग छलफल गरिने भएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

    स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीको बैठक बस्न लागेको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जानकारी दिए ।

    कांग्रेस केन्द्रीय समितिले उपसभापति खड्का संयोजक रहेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको थियो । समितिलाई पूर्णता दिने विषयमा पनि आज छलफल हुने पुनले जानकारी दिए ।

     


    बुधवार, चैत्र १६ २०७८१२:१६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij