Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रवीन्द्र मिश्रलाई ३ दिने स्पष्टीकरण सोध्ने असन्तुष्ट समूहको निर्णय

रवीन्द्र मिश्रलाई ३ दिने स्पष्टीकरण सोध्ने असन्तुष्ट समूहको निर्णय

  • सोमवार, चैत्र १४ २०७८

  • 618
    SHARES

  • रवीन्द्र मिश्रलाई ३ दिने स्पष्टीकरण सोध्ने असन्तुष्ट समूहको निर्णय

    काठमाडौं । विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई निस्कासन किन नगर्ने भनेर ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    जेष्ठ सदस्य भीम अधिकारीको नेतृत्वमा सोमबार बसेको बैठकले पार्टीको हित विपरित गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार केन्द्रीय समिति बैठकमा मिश्रले प्रदेश संयोजकहरु तोक्नुका साथै २६ जना केन्द्रीय सदस्यलाई निष्कासन गर्ने निर्णय सुनाएका थिए । तर मिश्रले एकलौटी रुपमा पार्टी चलाएको भन्दै असन्तष्ट समूहले सोमबार बैठक बोलायो, जसमा भौतिक र भर्चुअल गरी बहुमत (९० भन्दा बढी) सहभागी भएको दाबी छ ।

    केन्द्रीय सदस्य सस्मित पोखरेलका अनुसार बैठकले आइतबार केन्द्रीय स्मितिको बैठकमा अध्यक्ष मिश्रले एकलौटी रुपमा गरेको भनिएको निर्णय अस्वीकार गर्ने निर्णय गरेको छ ।

    साथै अन्य पार्टीसँग एकलौटी रुपमा एकीकरणको प्रयास थाल्नु पार्टीको हित विपरित भएको र पार्टी सञ्चालन पनि अलोकतान्त्रिक भएको भन्दै मिश्रलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ छ ।

    ‘पार्टी विधानको धारा ७१ बमोजिम अध्यक्ष पदबाट निष्कासन किन नगर्ने भनेर राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ बमोजिम स्पष्टीकरण सोधिने निर्णय गरियो,’ असन्तुष्ट पक्षको बैठकको निर्णयमा भनिएको छ, ‘अध्यक्ष रवीन्द्र मिश्रलाई ३ दिन भित्रमा स्पष्टीकरण पेस गर्न निर्देशन गरिने निर्णय गरियो ।’

    स्पष्टीकरण प्राप्त भएर वैधानिक कारबाही नहुँदासम्म मिश्रलाई पार्टीको बैठक आह्वान गर्न रोक लगाउने निर्णय पनि असन्तुष्ट समूहको बैठकले गरेको छ ।

    चारबुँदे निर्णय लिएर असन्तुष्ट समूहका नेताहरु सोमबार नै निर्वाचन आयोग पुगेका थिए । आयोगका पदाधिकारीहरुले पनि मिश्रले कार्यसम्पादन समितिबाट निर्णय गराएको, तर त्यो समिति नै अवैधानिक रहेको जानकारी पाएको एक नेताले बताए ।


    सोमवार, चैत्र १४ २०७८०४:३९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij