Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

चितवनमा माओवादीलाई सहयोग नगर्ने कांग्रेस केन्द्रीय सदस्य गुरुङको भनाई

चितवनमा माओवादीलाई सहयोग नगर्ने कांग्रेस केन्द्रीय सदस्य गुरुङको भनाई

  • आइतवार, चैत्र १३ २०७८

  • 633
    SHARES

  • चितवनमा माओवादीलाई सहयोग नगर्ने कांग्रेस केन्द्रीय सदस्य गुरुङको भनाई

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा आफूहरुले नेकपा माओवादीलाई भोट नदिने बताएका छन् ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफूले भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादीलाई समर्थन गर्न नहुने धारणा राखेको उनले जानकारी दिए ।

    भरतपुरका कांग्रेसले ७४ को स्थानीय चुनाव र त्यस लगत्तैको संसदीय चुनावमा रुखमा भोट हाल्न नपाएको भन्दै उनले १० वर्षसम्म रुखमा भोट हाल्न नपाउँदा चितवनमा कांग्रेस छिन्न भिन्न हुने खतरा रहेको उनले बताए ।

    विगतका दुई वटा चुनावमा माओवादीलाई समर्थन गरेकाले अब माओवादीले कांग्रेसलाई समर्थन गर्नु पर्ने चिवनका कांग्रेस कार्यकर्ताको माग रहेकाले सभापतिले यो कुरा सुन्नु पर्ने गुरुङले बताए ।

    ‘फेरि पनि रेणु दाहाललाई भोट हाल्नु पर्ने भयो भने चितवनका जनताले भोट हाल्दैनन्,’ सानेपामा पत्रकारसित कांग्रेस केन्द्रीय सदस्य गुरुङले भने, ‘रेणुले हार्छिन ।’

    आफू गठबन्धनको विपक्षमा नरहेको भन्दै उनले गठबन्धनका नाममा चितवनका कांग्रेसले फेरि पनि माओवादीलाई भोट हाल्ने वातावरण पार्टी नेतृत्वले बनाउन नहुने ताए ।]

    विगतमा चितवनका चार क्षेत्र नै जितेको, तत्तकालीन सभापति सुशील कोइराला चितवनबाट चुनाव जितेर प्रधानमन्त्रीसमेत भएको भन्दै उनले सानेपामा पत्रकारसित भने, ‘चितवनमा कांग्रेस कमजोर हैन, तर केन्द्रबाट कमजोर बनाइएको छ ।’


    आइतवार, चैत्र १३ २०७८०२:१९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij